संरक्षित जालाधार क्षेत्रमा जलाधार संरक्षण अधिकृतले भू तथा जलाधार संरक्षणको लागि देहाय बमोजिम कार्यहरु गर्न गराउन सक्नेछ –
(क) रोकथाम वा नियन्त्रण गर्ने बाँध (डेम), गल्छी नियन्त्रण (चेकडेम), तटबन्ध (इम्बाङ्कमेण्ट), गरा सुधार (टेरेस इम्प्रूभमेण्ट), कूलो, सहायक कूलो वा ढल (डाइभर्सन च्यानल), टेवा दिने पर्खाल (रिटेनिंगवाल), पोखरी र यस्तै अन्य आवश्यक बनौटको निर्माण गर्ने तथा त्यसको स्याहार संभार गर्ने,
(ख) परीक्षण स्थल (ट्रायल प्लट) हरुको व्यवस्था गर्ने तथा त्यसको स्याहार संभार गर्ने,
(ग) वृक्षारोपण गर्ने, घाँस, झारपात वा अन्य वनस्पति लगाउने र त्यसको स्याहार सम्भार गर्ने तथा हुर्काउने,
(घ) पहिरो जान सक्ने जग्गाहरु र भिराला पाखाहरुमा रहेका वन ज·ल, झारपात, घाँस तथा अन्य प्राकृतिक वनस्पतिको संरक्षण गर्ने, त्यसको स्याहार सम्भार गर्ने तथा सम्बद्र्धन गर्ने,
(ङ) बाली र फलफूलको खेती गर्ने,
(च) माटोको उर्वरा शक्ति र पानी तथा वातावरणको स्वच्छता सन्तुलित रुपमा कायम बनाई राख्ने,
(छ) सम्बन्धित ठाउँहरुमा विद्युतीकरण गर्ने,
(ज) नेपाल सरकारले तोकिदिएका भू तथा जलाधार संरक्षण सम्बन्धी अन्य कार्यहरु गर्ने ।